साउन ७, जनकपुरधाम
महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन् । प्रहरीका अनुसार अज्ञात व्यक्तिबाट प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटिएका हुन् । शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ ।