Search
Close this search box.

एनआरएनए क्यानडाको सदस्यमा युवा व्यवसायी ज्ञवालीद्धारा उमेदवारी घोषणा

क्यानडा । गैरआवासाीय नेपाली संघ (एनआरएनए) क्यानडाको सदस्यमा युवा व्यवसायी कमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् । ज्ञवालीले आउँदो जुलाई ३० मा हुने निर्वाचनमा क्यानडाको ब्राम्टन क्षेत्रबाट उमेदबार बन्ने घोषणा गरेका हुन् । सदस्यका आकांक्षी ज्ञवाली पेशाले रियल्टर र ड्राइभिङ इन्सटक्टर हुन् ।

विगत ९ वर्षदेखि एनआरएनएसँग जोडिएर क्यानडमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएका ज्ञवालीले नेपाली नेपालीहरुविच भातृत्व बढाउन, एनआरएनएलाई गतिशिल र पारदर्शी बनाउन आफुले सदस्य पदमा उम्मेदवारी दिएको बताए ।

‘समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ। एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ। यहि प्रेरणा र माथि उल्लेखित संस्थागत अनुभबका साथ म अगाडि वढ्ने निर्णय गरेको छु,’ उनले भनेका छन् ।

ज्ञवालीले नेपालको कला, गीत संगीत र परम्परा अमुल्य निधि भएको भन्दै विश्वका अन्य देशहरुको तुलानामा नेपालको भाषा, कला, संस्कृति र संगीत अब्बल भएको भन्दै यसलाई अन्तराष्ट्रिय स्तरमै फैलाउन आफुले विशेष पहल गर्ने समेत बताएका छन् ।

अहिलेसम्मका योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै क्यानडाका ब्रमन्टनबासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ । उनले सदस्यका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजना समेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए ।

पश्चिम नेपालको गुल्मीमा जन्मेका ज्ञवाली पूर्ब सञ्चारकर्मी समेत हुन् । सबैलाई सम्मान गर्ने नम्र स्वभाव भएका उनि सबै वर्ग र समुदायसँग परिचित समेत छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान