साउन ७, काठमाण्डौं
आज सार्बजनिक मौद्रिक नीति अनुसार अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने नियम तय भएको छ । राष्ट्र बैंकद्धारा आज जारी चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौदिक नीति अनुसार यस्तो व्यवस्था गरेको हो ।
’भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ ।’ भनी नीतिमा उल्लेख गरिएको छ । हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो ।