मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु २३ घाईते

साउन ७, कैलाली

अछाममा दाहसंस्कारका शव र मलामी बोकेका ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पन्चदेवल नगरपालिका ४ कै ६० वर्षीय जहरी कामीको शव लिएर घाटतर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका २२ वर्षीय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट