शंकर घिमिरेको फिल्म “तेल भिसा“को मुख्य भूमिकामा अभिनेता बिपिन कार्की अनुबन्ध

साउन ८, काठमाण्डौं

शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म “तेल भिसा“को मुख्य भूमिकामा अभिनेता बिपिन कार्की अनुबन्ध भएका छन् । आउँदो तिहार पछी नेपाल र अमेरिकामा छायांकन हुने यस फिल्ममा बिपिन कार्की डबल रोलमा देखिने भएका छन् । सोसल–कमेडी ड्रामा जनरामा बन्न लागेको फिल्मले सुत्केरी स्याहार्न अभिभावकलाई अमेरिकामा बोलाइने प्रवृत्तिलाई कटाक्ष गर्नेछ । सोही प्रवृत्तिलाई व्यंग्य गर्दै ‘तेल भिसा’ नामाकरण गरिएको निर्देशक घिमिरेले बताउनुभयो । यो फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि रहेको छ । लिड एक्ट्रेस र अन्य कलाकार चाँडै सार्वजनिक हुने जनाइएको छ ।

घिमिरेद्धारा निर्देशित पछिल्लो फिल्म ‘तुलसी’ २०७६ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरिसकेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट