Search
Close this search box.

कम्बोडियाको ६ दिने भ्रमण सकेर एमाले अध्यक्ष ओली आज स्वदेश फर्किदै

साउन ८, काठमाडौं

कम्बोडियाको ६ दिने भ्रमण सकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । ओली आज राति १० बजे स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए । ओलीले कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए । ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो । त्यहाँ एकजना ९२ वर्षीय मतदाताले समेत मतदान गरेका थिए ।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए । कम्बोडिया बसाइका क्रममले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए ।

अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान