अक्सफोर्ड कलेजद्धारा विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण (तस्विर सहित)

८ साउन, गैँडाकोट 

अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोटले कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सोमबार कलेज परिसरमा सम्पन्न गरेको छ ।अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा प्रिन्सिपल प्रोफेसर ई। हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका पाँचसय बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्राचार्य ई। हरि भण्डारीले पछिल्लो समय शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा देखिएको बताउनुभयो । उहाँले अक्सफोर्ड कलेजलाई विश्वास गरेर विद्यार्थीहरु आएको बताउँदै त्यसलाई टुट्न नदिने बताउनुभयो ।

प्लस २ उर्तिण गरेपछि नेपाली विद्यार्थीहरु बाहिरिने क्रम बढेको भन्दै उहाँले न्यूनतम पनि स्नातक तह उतिर्ण गरेर मात्रै आफ्ना नानीबाबुहरुलाई रोजगारीको लागि विदेशमा पठाउन सके शैक्षिक योग्यता अनुरुपको रोजगारि प्राप्त गर्न सकिने धारणा राख्नुभयो । कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै प्राचार्य भण्डारीले अक्सफोर्डले सक्षम नागरिक बनाएर पठाउने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा कलेजका सहायक प्राचार्य तिलक पन्थी, विज्ञान संकायका पूर्व प्रमुख कृष्णहरी पौडेल, ब्यवस्थापन संकायका प्रमुख हरि थपलिया लगायतले बोल्नुभएको थियो । सो अवसरमा कलेजका प्रध्यापकहरु र कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रम गरिएको थियो ।

कलेजले कक्षाा ११ मा  Bio Science, Computer Science,Hotel Management, र Pure Management मा भोलिदेखि नियमित कक्षा संचालनको तयारी थालेको छ । कलेजले गत जेठ महिनामा ‘‘PEAK OF SUCCESS 2023’’ अवार्ड प्राप्त गर्न सफल भएको थियो । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट