साउन ९, गैंडाकोट
गैंडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल २०७९ को एसईई परीक्षाको नतिजा अनुसार नवलपुर जिल्लामा नै उच्च औसत जिपिए ल्याउने विद्यालय मध्येमा प्रथम हुन बन्न सफल भएको छ । विद्यालयको औषत जिपिए ३.३६ सहित जिल्लामा प्रथम हुन सफल भएको छ । त्यस्तै ३.६ जिपिए देखि ४.० जिपिए ल्याउने १३ जना विद्यार्थी संख्याको आधारमा पनि जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको विद्यालयका सहायक प्राचार्य चुन्न पौडेलले जानकारी दिनु भयो ।
विद्यालयको यस नतिजा ल्याउन अहोरात्र खटिनुहुने शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा शुभचिन्तक सबैमा विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नु भयो ।