राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

Symbolic Death Picture

साउन १०, काठमाडौं ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत  मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेका हुन् । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार उनी ड्युटी सकेर राति घर फर्किइरहेका थिए । ‘राति परिवारलाई फोन गरेर म राति १० बजेतिर घर आइपुग्छु पनि भन्नु भएको रहेछ,’ एसपी सुवेदीले भने, ‘तर भनेको समयमा नफर्किएपछि सोधीखोजी गर्दा आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो ।’ एसपी सुवेदीका अनुसार मुचुल्का उठाएर घटनाको थप अनुसन्धान भइरहेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट