साउन ९, विराटनगर
सुनसरी बरहाक्षेत्रका पत्रकारलाई बराहक्षेत्र नगरपालिकाका मेयर सचिवालयबाट घरमै गएर ज्यान मार्ने धम्की दिइएको छ । पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको विषयमा मेयर रमेश कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले घरमै गएर ज्यान मार्ने धम्की दिएका हुन् । नेपाल पत्रकार महासङ्घ सुनसरीका कार्य समिति सदस्य तथा ग्रामीण पत्रकार समाज वराहक्षेत्रका सचिव विश्वकर्मालाई समाचार प्रकाशित भएपछि क्षेत्रीले भेट्न भनेका थिए । विश्वकर्माले भेट्न मानेनन् । भेट्न नमानेपछि क्षेत्रीले ‘तिमी बढी भयौ बसेर लामो कुराकानी गर्नु पर्ने छ’ भन्दै फोन राखेका थिए । विश्वकर्माले भेट्न नमानेपछि क्षेत्री घरै पुगेर धम्क्याएको पत्रकार विश्वकर्माले बताए ।