अमेरिकी फेडरल रिजभ बैंकले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनायो

११ साउन, काठमाडौं ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएको छ । यस बैंकले फेरी पनि ब्याज बढाएर २२ वर्षयताकै उच्च बनाएको हो ।
यसपटक २५ आधार अंक (० दशमलव २५ प्रतिशत विन्दु) ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पु¥याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ दशमलव ५ प्रतिशत पु¥याएको हो ।

फेडले सेप्टेम्बरमा थप ब्याजदर बढाउन सक्ने संकेत गरेको बीबीसीले जनाएको छ ।
फेडले ब्याजदर बढाएसँगै यो २००१ यताकै उच्च पुगेको हो । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताए । जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो ।

मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने र त्यसो गर्नुअघि अन्य तथ्यांकहरु हेर्नुपर्ने उनले बताए ।
फेडले कोभिड–१९ पछि करिब शून्यको नजिक रहेको ब्याजदर बढाएर न्यून लागतको ऋण सापटीलाई अन्त्य गरेको थियो । यसले जनतालाई घर, व्यवसाय विस्तार र अन्य गतिविधिका लागि लिने कर्जालाई महँगो बनाएको छ ।

बढ्दो ब्याजदरले ऋणको माग घटाउने र बचतलाई प्रोत्साहन गर्ने अपेक्षा फेडको छ । ब्याजदर वृद्धिका बाबजुद पनि अमेरिकाको अर्थतन्त्रको प्रदर्शन अपेक्षा गरेभन्दा राम्रो रहेको जनाइएको छ । ‘विशेष गरी श्रम बजारमा रोजगारी थपिने क्रम जारी छ र ज्याला बढिरहेको छ,’ बीबीसीले उल्लेख गरेको छ ।
युरोप र जापानका केन्द्रीय बैंकले पनि ब्याजदर सम्बन्धी निर्णय गर्न बैठक गर्दैछन् । त्यसअघि फेडले ब्याजदर बढाउन निर्णय गरेको हो ।
बेलायतको ‘बैंक अफ इंग्ल्याण्ड’को आगामी ३ अगस्टमा बस्ने बैठकले ब्याजदर थप बढाउन सक्ने अनुमान गरिएको पनि बीबीसीले जनाएको छ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट