साउन ११, गैंडाकोट
लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० हुने भएको छ । विहिवार गैंडाकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । प्रतियोगिता गैंडाकोटको कालिगण्डकी चोकवाट सुरु भई कालिगण्डकी करिडोरमा पर्ने वडा नं. ३ को श्रीकृष्णगण्डकी माध्यमिक विद्यालयमा समापन हुनेछ । जसको दुरी करिव ९ किलोमिटर ३०० मिरटर छ । ‘स्वच्छ वातावरण स्वस्थ्य शरिर’ शिर्षकमा आयोजित प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता आगामी साउन १३ गते शनिवारका दिन विहान ६ बजे सुरु हुने जनाईएको छ ।
क्लवका अध्यक्ष रोशन दर्लामीले प्रतियोगिता सम्पन्न हुँदासम्म रु ७५ हजार खर्च हुने र सो रकम स्थानिय व्यवसायि एवं संघसंस्थाहरुबाट जुटाईने जानकारी दिनुभयो । अध्यक्ष दर्लामिले प्रतियोगितामा प्रथम, द्वतीय र तृतिय हुनेलाई क्रमश रु १५ हजार, १० हजार र ५ हजार नगद रहने बताउनुभयो । अहिलेसम्म २७ जनाले नाम दर्ता गराएको र करिव ५० जना प्रतियोगिहरुले भाग लिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी एवं गैंडाकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटाले क्लवले साईकिलिङ्ग प्रतियोगिताको आयोजना गरेर नमुना कार्यको थालनी गरेको बताउनुभयो । उहाँले ‘जे गर्छ युवाले गर्छ – हामीले नगरे कसले गर्छ’ भन्ने भनाईलाई साइकल यात्राले सार्थक बनाउने आशा ब्यक्त गर्नुभयो । वडाध्यक्ष सापकोटाले ढोडेनी विकटमा छ भन्ने धारणालाई चिर्ने र त्यसकालागि स्थानिय मिडियाहरुले पनि प्रचारमा ल्याईदिन आग्रह गर्नुभयो । उहाँले प्रतियोगिताका समयमा गैंडाकोटवासीलाई सहभागि भएर कार्यक्रमको शोभा बढाईदिन समेत आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा आफ्ना भनाईहरु राख्दै क्लवका पूर्व अध्यक्ष प्रदिप सापकोटाले समाजलाई अग्रगतिमा लैजान युवाहरुको महत्वपूणर् भूमिका हुने बताउनुभयो । सवैलाई धन्यवाद । यो प्रतियोगिताले युवाहरूको शक्ति समाजमा खर्चिन उर्जा मिल्ने आशा राख्दै पूर्व अध्यक्ष सापकोटाले साइकिलिले साईकिलिङ्ग युवाहरुको शारिरिक मात्र नभएर मानशिक विकास पनि हुने हुँदा साईकिलिङ्गलाई दैनिक कार्यसुचिमा राख्न अनुरोध गर्नुभयो ।
प्रतियोगिताको प्रमुख सहयोगिमा गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय र सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ रहनेछन । यस्तै को-सपोर्ट इलाका प्रहरी कार्यालय गैंडाकोट, ईलाका ट्रफिक कार्यालय गैंडाकोट र अस्थाई प्रहरी चौकी गैंडाकोट ३ ले गर्ने छ । जसको ईन को-अर्डिनेशन गैंडाकोट खेलकुद समितिले गर्ने छ भने इन्सोरेन्ट पार्टनर सिद्धार्थ प्रिमियर इन्सोरेन्स रहने छ ।
क्लवका सचिव सुगम पोखरेलले संचालन गर्नुभएको पत्रकार सम्मेलन लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटका अध्यक्ष रोशम दर्लामीको अध्यक्षतामा भएको थियो ।