Search
Close this search box.

सिनामंगलबाट सुन बरामद गर्नुअघि नै गिरोहले ठूलो परिमाणको सुन फुत्काएको निश्कर्ष

साउन १२, काठमाडौं

हङकङबाट क्याथे प्यासिफिकको जहाजमा भित्र्याएर भन्सार पार गराइसकेको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्करले त्योभन्दा ठूलो परिमाणमा सुन फुत्काएको देखिएको छ । भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन भन्सारका कर्मचारी, भन्सार एजेन्ट र बिचौलियालाई हातमा लिएर उम्काएको अनुसन्धानमा पाइएको हो ।

बरामद सामान खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएपछि थप अनुसन्धान गर्ने क्रममा विभागको टोलीले गिरोहको सेल्टर रहेका कमलपोखरी, बालुवाटार, लाजिम्पाटर पानीपोखरी र ठमेलमा बुधबार छापा मारेको थियो । ठमेलको एक घरमा ६६ कार्टुन ब्रेक सु भेटिएकामा धेरैजसो खोक्रा मात्रै पाइएको छ । ब्रेक सुसँगै सुन जोख्ने ढक–तराजु पनि भेटिएको छ । चिनियाँ गिरोहले सेल्टर लिएको लाजिम्पाटस्थित एक घरबाट दाह्री काट्ने उपकरण (सेभर) बरामद गरिएको छ ।

ती सबै ब्रेक सु रेडी ट्रेडकै नाममा भित्रिएका थिए । सामान रेडी ट्रेडले आफ्नै कार्यालय वा तोकिएको गोदाममा लैजानुपर्नेमा चिनियाँ र भारतीय गिरोहले सेल्टर लिएको ठाउँमा पुर्‍याउनुले तस्करीको सुन व्यवस्थापनकै लागि उक्त फर्म खोलिएको देखिने अनुसन्धान अधिकारीहरूको भनाइ छ । छापा मार्ने क्रममा चिनियाँ नागरिक बसेको बालुवाटारको कोठाबाट सुन गाल्ने उपकरण पनि बरामद भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘विमानस्थल भन्सारबाट जाँचपास भइसकेपछि बरामद सुनभन्दा यो परिमाण धेरै हुन सक्ने देखिन्छ,’ उनले भने ।

रेडी ट्रेडका नाममा मे, जुन र जुलाईमा दाह्री काट्ने उपकरण (सेभर) २ हजार ७ सय थान, ब्रेक सु १ हजार १ सय ८० थान र मेकानिकल मोटर एक थान भित्रिएको विमानस्थल भन्सारको अभिलेखमा देखिन्छ । ती सामान करिब २० क्विन्टलका थिए । भन्सारबाट जाँचपास गरिएका मध्ये सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको थियो । मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी हो । ब्रेक सु चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको देखिन्छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान