Search
Close this search box.

बालविकास स्कूलले “उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” सम्मान प्राप्त

१३ साउन, गैंडाकोट

गैंडाकोट २ मा अवस्थित बालविकास सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूलले चन्द्रलोक प्रतिष्ठान, काठमाण्डौंबाट “उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” सम्मान प्राप्त गरेको छ ।

सम्मान पत्रमा लेखिएको छ “नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका–२ बाल विकास टोल, (बर्दघाट सूस्ता पूर्व) अवस्थित यस शैक्षिक संस्था २०५२ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ । साथै, प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनिय योगदान गर्दै आईरहेको छ । भौतिक पूर्वाधार, प्राविधिक ब्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट “उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” प्रदान गरिएको छ ।”

सम्मान पत्रमा प्रमुख अतिथिको हैसियतमा माननीय प्रमिला कुमारी, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री र सभापतिको रुपमा श्री सिताराम कार्की अध्यक्ष चन्द्रलोक प्रतिष्ठान को हस्ताक्षर रहेको छ ।

यस सम्मान पत्रले आफु र आफ्नो विद्यालयले समाजप्रतिको दायित्वलाई थप बोध गराई उत्कृष्ट शिक्षा प्रदान गर्ने कार्यमा थप उर्जा मिलेको विद्यालयका प्राचार्य दिपक रावतले बताउनुभयो । यो उच्च सम्मानको लायक सम्झिएकोमा सम्मान गर्ने संस्था चन्द्रलोक प्रतिष्ठान, काठमाण्डौंलाई हृदयदेखि नै आधार अनि धन्यवाद दिनुभयो ।
विद्यालयमा अहिले प्रि–नर्शरी देखि कक्षा १२ सम्म अध्यापन हुने गर्दछ । यो विद्यालय साईन्स र म्यानेमेन्टका लागि गैंडाकोटमा प्रख्यात विद्यालयहरु मध्येमा एक हो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान