१३ साउन, गैंडाकोट
नेपाली कांग्रेस गैंडाकोट वडा नं. ५ ले २०७९ सालको एसईई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई बधाई दिँदै सम्मान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा वडा नं. ५ मा बसोबास गरि एसईई उत्तिर्ण गरेका विद्यार्थीहरूलाई बधाई सहित सम्मान गरिएको हो ।
बधाई तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशमा जाने प्रचलन बढेको भए पनि अबका बिद्यार्थीहरूले प्लसटू पास गरेपछि पनि बाँकी रहेको शिक्षा स्वदेशमै बसेर पुरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गैंडाकोटका सभापति बद्री सापकोटाले प्रशिक्षण दिनुभएको थियो । उहाँले विद्यार्थीहरुलाई सम्वोधन गर्दै जिपिए कम आउँदैमा जीवन नसिद्धिने, बरु मेहनत गरेरर पढेमा अझै अगाडी बढन पर्याप्त अवसरहरु आउने प्रष्ट पार्नुभयो । सभापति सापकोटाले बिद्यार्थीहरुको जुन बिषयमा रुची छ त्यहि बिषय रोजेर पढन आग्रह । जहाँ आफु खुसी भएर कर्म गरिन्छ त्यस्तो कर्मले उसलाई सफल बनाउने हुँदा कसैको दवावमा बिषय छनोट नर्गन सभापति सापकोटाले सुझाव दिनुभयो ।
उहाँले महाभारतमा कौरव र पाण्डव बीचको युद्धमा श्रीकृष्णकै संगतका कारण पाण्डवहरूले लडाई जितेको उदाहरण दिँदै साथी भाईको संगत र प्रेशरले व्यक्ति सप्रिने र बिग्रिने अवस्था आउने बताउनुभयो । किशोरबाट युवा अवस्थामा प्रवेश गर्ने यो अवस्थामा बिद्यार्थीहरुमा महत्वपूर्ण जिम्मेवारी पनि थपिने औल्याउनु भयो । उहाँले अहिले नेपालमा अवसर छैन भन्नेहरुका लागि महाबिर पुन र डा सन्दुक रुइत जस्ता ब्यक्तिहरुले देशमा पर्याप्त अवसरहरू देखेरै स्वदेश फर्किएर प्रसिद्धि पाएको स्पष्ट पार्नुभयो ।
महासमिति सदस्य ओमप्रसाद सापकोटाले समारोहमा आफ्ना भनाईहरू राख्दै अहिले एसईई पास गरेकाहरुले . हामीले पढ़ाई सक्यौं भनेर दुक्क हुन नहुने औल्याउँदै अझै केही बर्ष मेहनत गरेर अध्यायन गर्नुपर्ने औल्याउनु भयो ।
उहाँले बिद्यार्थीहरुले अरुको कुरा सुनेर लहै– लहैमा नलागी बाउ आमाको हितको लागि, समाजको हितको लागि र समग्र देशकै हितको लागि कार्य गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नगर सचिव गोविन्द घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरु अमुल्य गहना भएकाले वडाका बिद्यार्थीहरुले वडालाई कस्तो बनाउने भन्ने कुरा उनिहरुको भूमिकाम निर्भर रहने बताउनुभयो ।
त्यसकालागि विद्यार्थीहरूले अनुशासनपुर्वक गहन अध्ययनमा जोड दिनुपर्ने सचिव घिमिरेले सुझाव दिनुभयो ।
कार्यपालिका सदस्य शान्ति न्यौपानेले एसईई उतिर्ण बिद्यार्थीहरुलाई बधाई दिँदै उच्चशिक्षा अध्यायनका निम्ति कुनै अड्चन आएमा त्यो अड्चन फुकाउन आफु हरपल तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीहरूलाई टिका लगाएर र मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभएको थियो । यस्तै नमुना मावीमा कक्षा ४ मा अध्ययनरत वडाको इन्द्रेनी टोलकी ९ वर्षिया बालिका दिप्ती श्रेष्ठलाई नगर प्रमुख अधिकारी आफैले मञ्चमा वोलाएरै सम्मान गर्नुभएको थियो ।
नेपाली काँग्रेस वडा नं. ५ का सभापति लक्ष्मण कार्कीको सभापतित्वमा भएको बधाई एवं सम्मान कार्यक्रममा उपसभापति बिष्णुप्रसाद गौतमले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव दिपक ढुङ्गानाले गर्नुभएको थियो ।