Search
Close this search box.

कोशी सरकार गठन प्रकृया झन पेचिलो बन्दै, सभामुखसँगै उपसभामुखले पनि राजिनामा दिए के हुन्छ ?

Koshi Pradesh File Photo

साउन १३, काठमाण्डौं

कोशी प्रदेशमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादीले मुख्यमन्त्रीको दाबी र प्रदेश सरकार निमार्णको लागि कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर भएपनि अघि बढ्ने कुरा सहमति नजिक पुगिएको खबर बाहिरीएको छ । यसका लागि कोशी प्रदेश सभा नियमावली संशोधन सहित को नियम १६९ (१) मा सभामुखले उप सभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिनु पर्ने व्यवस्था रहेको छ । यसरी दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले सभामा पढेर सुनाउनु पर्ने व्यवस्था नियमावलीले गरेको छ । यदि प्रदेश सभा चालु नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचार प्रसार समेत गर्नु पर्ने व्यवस्था छ ।

कोशी प्रदेशमा उप सभामुख पदमा एमालेबाट निर्वाचित भएका छन् । प्रदेश सभाका सभामुख बाबुराम गौतमले उप सभामुख सृजना दनुवारलाई राजीनामा दिएको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको सदस्य सङ्ख्या १३ हुने छ । माओवादीको १३ सदस्य गणना भएसँगै सत्ता गठबन्धनलाई सरकार गठनमा बहुमत पुग्ने छ । सभामुखले राजीनामा दिएको अवस्थामा उप सभामुखले सभा सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । तर सभामुखले राजीनामा दिएर सरकार गठनका लागि बहुमत पुगे पनि विश्वासको मत लिने अवधिमा उप सभामुखले पनि राजीनामा दिए पुन नयाँ सरकार पनि ढल्ने निश्चित छ ।

उप सभामुखले सभा सञ्चालन गरेको अवस्थामा विश्वासको मत लिने दिन सत्ता गठबन्धनको सदस्य सङ्ख्या ४७ पुग्ने निश्चित छ । तर विश्वासको मत लिने मिति अगावै उप सभामुखले राजीनामा दिए सत्ता गठबन्धनलाई समस्या हुने देखिन्छ ।

नेपालको संविधानको धारा १८२ को उप धारा ५ मा सभामुख र उप सभामुखको निर्वाचन नभएको अवस्था वा दुवै पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ । कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य नेपाली काङ्ग्रेसबाट निर्वाचित गयानन्द मण्डल हुन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान