Search
Close this search box.

गैंडाकोट वडा नं. ३ ढोडेनीमा ग्रामिण सडक सुरक्षा सचेतना कार्यक्रम २०८० सम्पन्न

१३ साउन, गैंडाकोट

गैंडाकोट नगरपालिका वडा नं. ३ ढोडेनीमा ग्रामिण सडक सुरक्षा सचेतना कार्यक्रम २०८० सम्पन्न भएको छ । पछिल्लो समयमा कालिगण्डकी करिडोरमा सडक निर्माण भएसँगै सवारी दुर्घटनाको आशंका पनि बढेकाले सडक दुर्घटना न्यून गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शनिवार ढोडेनीमा ग्रामिण सडक सुरक्षा सचेतना कार्यक्रम गरी सर्वसाधरणलाई सवारी साधन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे जानकारी गराएको हो ।

सचेतना कार्यक्रममा बोल्दै प्रहरि बरिष्ठ नायक निरिक्षक लेखनाथ पुरीले सबारी चालकले सवारी साधन प्रयोग गर्दा सिट बेल्ट लगाउने, हेलमेटको प्रयोग गर्ने, लाइसेन्स प्राप्त ब्यक्तिले मात्र चलाउने र नियमको पालना गर्ने गरेमा सम्भावित दुर्घटना टर्न सक्ने सम्भावना बढी हुने बताउनु भयो ।

उहाँले सडक मार्ने होइन बचाउने हुनुपर्ने धारणा राख्दै जिल्ला ट्राफिक कार्यालय नवलपुरले जिल्लाबासीहरुको सुरक्षित यात्राका लागि संबेदनशिल भएर दर्जनौं स्थानहरूमा यस प्रकारका सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा सर्वसाधारण सहित गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, वडा नं २ तथा ३ का वडाध्यक्षहरू प्रकाश सापकोटा र शिवकान्त तिवारी लगायतको सहभागिता थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान