Search
Close this search box.

नवलपुरका निमार्ण व्यवसायी सरकारले रकम भुक्तानी नगरेको भन्दै आन्दोलित

Nirman Byabasai Aandolan Gradai Jilla Prashasan Agadi

साउन १४, नवलपुर

पुर्वी नवलपरासीका निमार्ण व्यवसायी आन्दोलित भएका छन् । स्थानीय , प्रदेश र केन्द्र सरकारले निर्माण ब्यवसायीको रकम भुक्तानी नगरेको , उपभोक्ता समितिको नाममा साना ब्यवसायीहरुलाई काम विहिन बनाएको र मुल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका ब्यवसायीले आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको निमार्ण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।

कोरोना कहर, आर्थिक मन्दीको समयमा निर्माण व्यवसायी धरासायी हुँदै जाँदासमेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ । विकास निर्माणका कामको मूल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान