नवलपुमा आउँदो भदौभित्र जिल्ला हुलाक कार्यालय स्थापना हुने

साउन १६,  कावासोती

नवलपुमा आउँदो भदौभित्र जिल्ला हुलाक कार्यालय स्थापना हुने भएको छ । हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक किर्तनराज पौडेलले नवलपुरको सदरमुकाम कावासोतीमा कार्यालय रहने गरी जिल्ला हुलाक कार्यालय स्थापना गरिने जानकारी दिए ।संविधानअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा साबिकको हुलाक कार्यालय पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको छ ।

जिल्ला हुलाक कार्यालय नहुँदा रेडियो, एफएमको राजस्व बुझाउने र नवीकरण, पोस्ट बक्स नम्बर लिनेलगायत कामका लागि परासी धाउनुपर्ने बाध्यता छ । हुलाक विभागले कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापनाका लागि निर्णय गरेको र अर्थमन्त्रालयबाट समेत स्वीकृत भएकाले भदौमा कार्यालय स्थापना हुने पौडेलले जानकारी दिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट