पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि

साउन १६, काठमाडौं ।

नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक सूचना जारी गर्दै इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।
यससँगै अब नयाँ मूल्य अनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको आयोगका सूचनामा उल्लेख छ । इण्डियन आयल कर्पोरेशनबाट आज आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

जनक कलेजको वार्षिक उत्सबका कार्यक्रम अन्तर्गत मंगलबार चम्चा दौड प्रतियोगिता हुँदै

आज देखि निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

आज कहाँ कहाँ पानी पर्दैछ ? जान्नुहोस्

जनक कलेजले वार्षिक उत्सब विविध कार्यक्रमहरु सहित मनाउँदै, सोमबार घैंटो फुटाई कार्यक्रम गर्दै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित

माडीमा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु