साउन १७, काठमाडौं
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकले बैठकको लाईभ गर्ने निर्णय सच्चाउँद लाइभ नगर्ने भएको छ । पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि पदाधिकारी बैठक गरेको निर्णयबाट माओवादी पछि हटेको हो ।
यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।