Search
Close this search box.

सुन तस्करी प्रकरणमा काँग्रेसले केही नबोल्नु अचम्म भएको एमाले अध्यक्ष ओलीको भनाई

साउन १७, काठमाडौं 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि कांग्रेसले केही नबोल्नु अचम्म भएको बताउनु भयो । तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सो कुरा बताउनु भएको हो ।

त्यस्तै, अध्यक्ष ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाउनुभएको छ । सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको आरोप पनि लगाउनुभयो ।

सदनमा सांसदहरुले सुन तस्करी प्रकरणमा आवाज उठाउने भएकाले सरकार डराएको पनि बताउनुभयो । सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैल्याइएको उहाँको तर्क थियो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको तर्क समेत गर्नुभयो ।

आफुहरु सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड रहेको उहाँले बताउनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान