बजारमा अहिले चामलको मुल्यमा अस्वाभिक रुपमा वृद्धि, कालोबजारी भएको सांसदहरुको आशंका

ALT TAG

साउन १८, काठमाडौं

बजारमा अहिले चामलको मुल्यमा अस्वाभिक रुपमा वृद्धि भएको पाईएको छ । भारतको चामल निर्यात बन्देजको बहानामा यहाँको बजार मूल्य बढेपछि सांसदले सरकारी अनुगमन माथी कडा रुपमा प्रश्न उठाएका छन् । चामलमा भएको अस्वभाविक मुल्यबृद्धि र कालोबजारी रोक्न अब अनुगमनलाई तीव्र बनाउनुपर्ने बताएका छन् ।

सांसद रमा कोइराला पौड्यालले बजारमा कालोबजारी सुरु भइरहँदा सरकारले अनुगमनमा ध्यान नदिएको बताउनु भयो । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘चामलमा अस्वाभाविक मूल्य बढाइएको छ । भाउ प्रतिबोरा २÷३ सय रुपैयाँ बढ्दा सरकारले अनुगमनमा ध्यान दिएन । बजार अनुगमन भए पनि फितलो छ,’ ।

रास्वपाका सांसद असिम शाहले बजार अनुगमन मौसमी हुने गरेको बताउनुभयो । कुनै स्वार्थ बिना उपभोक्ताको हितलाई मध्यनजर गरि निरन्तर र दैनिक अनुगमन भए व्यापारीहरू स्वतः सुधार हुने उहाँको भनाइ थियो । शाहले भन्नुभयो, ‘दैनिक बजार अनुगमन भए बजारमा सहज र स्वच्छ हुन्थ्यो ।’

अर्का सांसद महेन्द्रबहादुर शाहीले पनि बजारमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु छ्यापछ्याप्ती भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यी वस्तुमा अनुगमन नै हुन सकेन ।’ सांसद गणेश पराजुलीले खाद्य वस्तुमा प्रभावकारी नियमन नभएको जिकिर गर्दै भने, ‘धेरैजसो खाद्यान्न आयात नै गर्नुपर्छ । बजारमा खाद्य वस्तु आउँदा गुणस्तर कायम गर्न सकिँदैन ?’

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट