Search
Close this search box.

३५ दिनभित्र मापदण्ड विपरीतका डिजिटल विज्ञापन बोर्ड हटाउन काठमाडौं महानगरको आग्रह

साउन १९, काठमाडौं

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मापदण्डअनुरूप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउन सूचना जारी गरेको छ । अहिले मापदण्ड विपरीत रहेका बोर्डहरू आफै हटाउन पनि सूचनामार्फत आग्रह गरिएको छ ।डिजिटल विज्ञापनका लागि इच्छुक व्यक्ति, फर्म, सङ्घसंस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइको कार्यालय काठमाडौँ प्लाजा कमलादीमा निवेदन दिन सकिने जनाइएको छ ।मापदण्ड विपरीत राखिएका बोर्ड हटाउन महानगरले सूचना जारी गरेको छ । तोकिएको समयमा रीतपूर्वकको निवेदन नदिने तथा मापदण्ड विपरीतका बोर्ड महानगरले हटाउने छ र तिर्न बाँकी विज्ञापन कर र बोर्ड बन्द गराउँदा लागेको खर्च सम्बन्धित विज्ञापन दाता वा घरधनीबाट असुलउपर गरिने समेत जनाइएको छ ।

महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न सूचना प्रकाशित भएको ३५ दिनभित्र कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नु सूचना जारी गरेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान