Search
Close this search box.

रास्वपाको केन्द्रीय विभागमा बस्न मास्टर्स डिग्री पास गर्नुपर्ने

१९ साउन, काठमाण्डौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विभागमा सदस्य बन्न स्नातकोत्तर गर्नुपर्ने भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले केन्द्रदेखि पालिकासम्म विभागमा रहने सदस्यहरुको योग्यता निर्धारण गरेको हो ।

केन्द्रीय विभागको सदस्यका लागि स्नातकोत्तर तह उत्तीर्ण र सम्बन्धित विषयमा १० वर्षको अनुभवसहित असाधारण सफलता हासिल गरेको हुनुपर्ने रास्वपाको निर्णयमा उल्लेख छ ।

केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुखको बराबर योग्यता तोकिएको महामन्त्री डा. मुकुल ढकालले बताए । यस्तै मापदण्डमा पालिका तहको विभागीय प्रमुखका लागि स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

पालिकाको सदस्यका लागि भने कम्तिमा कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान