Search
Close this search box.

आँखा पाक्ने समस्याले खैरहनी नगरक्षेत्रमा दुई दिन विद्यालय बन्द

१९ साउन, खैरहनी

विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिले दुईदिन नगरक्षेत्रभित्रका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारीगर्दै नगरक्षेत्र भित्रका संस्थागत विद्यालय र कलेजहरुमा दुईदिन पठन पाठन बन्दगर्ने निर्णय गरेको जनाएको छ ।

२१ गते र २२ गते दुई दिन नगरक्षेत्रभित्रका सम्पूर्ण संस्थागत विद्यालय र कलेजको पठन पाठन बन्दगर्न सम्बन्धित विद्यालय तथा कलेजहरुलाई विज्ञप्ति मार्फत भनिएको छ ।

पछिल्लो समय चितवनका बालबालिकाहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । विभिन्न वडाबाट विद्यार्थीहरु स्कुल,कलेजमा आउँदा अझै यो समस्या बढ्न सक्ने भन्दै नगरपालिकाले हिउदे, वर्षे विदाबाट कट्टाहुनेगरी दुई दिन शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको हो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान