नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा

साउन १९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले संन्यास लिने घोषणा गरेका हुन् । २०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए ।

१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो ।

दुई वर्षअघि पारसले जुन मिति (१९ साउन) मा सन्न्यास लिएका थिए, ज्ञानेन्द्रले पनि यही दिन रोजेका छन् । पत्रकार सम्मेलनमा ज्ञानेन्द्र हिँड्ने तर्खर गर्दै थिए, अचानक त्यहाँ उपस्थित भए पारस । उनले ज्ञानेन्द्रलाई अंकमाल गरे, हात मिलाए र भने– ह्याप्पी रिटायरमेन्ट । केही भावुक मुद्रामा रहेका ज्ञानेन्द्र पारसलाई भेटेपछि उज्यालिएका थिए ।
पारसले माहोललाई हल्का बनाउन खोज्दै भने, ‘आजबाट हामी दुवै एउटै क्लबमा भयौं ।’ दुवैले फोटोको लागि पोज पनि दिए ।

ज्ञानेन्द्रको पत्रकार सम्मेलनपछि पारसले फेसबुकबाट पनि उनलाई मिठो सन्देश दिएका थिए । नेपाली क्रिकेटमा गरेको अनवरत सेवाका लागि उनले आभार प्रकट गरेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट