साउन १९, गैंडाकोट
गैंडाकोट नगर प्याबसनद्धारा आयाजित माध्यमिक तहको नगरपालिका स्तरीय हाजिर जवाफ प्रतियोगितामा गैैंडाकोट ५ मा अवस्थित शाईनिङ्ग आवासिय मा.वि.प्रथम हुन सफल भएको छ । त्यस्तै प्रतियोगितामा गैंडाकोट ईङ्गलिस बोर्डिङ्ग स्कूल दोश्रो र अक्सफोर्ड सेकेन्डरी ईङ्गलिस स्कूल तेश्रो हुन सफल भएको छ । बिजता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको गैंडाकोट नगर प्याबसनका उपाध्यक्ष एवं ईसिए कोर्डिनेटर बिनोद पौडेलले जानकारी दिनुभयो । उहाँ कन्टिनेन्टल विद्यालयका प्राचार्य समेत हुनुहुन्छ । माध्यमिक तहको नगरपालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता अक्सफोर्ड कलेजको हलमा भएको थियो ।
त्यस्तै गैंडाकोट नगर प्याबसनद्धारा नै आज आधारभुत तहको नगरपालिका स्तरीय हाजिर जवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी ईङ्गलिस स्कूल प्रथम हुन सफल भएको छ भने दोश्रोमा अमर ईङ्गलिस बोर्डिङ्ग स्कूल र तेश्रोमा सरस्वती निकेतन आवासिय मा.वि. हुन सफल भएको छ । बिजता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको गैंडाकोट नगर प्याबसनका अध्यक्ष एवं शाईनिङ्ग सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्राचार्य लक्ष्मी प्रसाद दवाडीले जानकारी दिनुभयो । आधारभुत तहको नगरपालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता अमर ईङ्गलिस बोर्डिङ्ग स्कूलकोे हलमा भएको थियो ।
विद्यालयले किताबी ज्ञान बाहेक पनि अन्य ज्ञानको विकास गरि विद्यार्थीको चौतर्फी विकासका लागि गैंडाकोट नगर प्याब्सनले यस्तो किसिमको कार्यक्रमको आयोजना गरेको गैंडाकोट नगर प्याबसनका अध्यक्ष दवाडीले बताउनुभयो ।