माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक (फाईल तस्बिर)

साउन २१, काठमाडौं

गत बुधवारदेखि जारी नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

माओवादीका झन्डै २ सय केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रतिकृया सहितका धारणा राखिसकेका छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट