२१ साउन, काठमाडौं
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि पदाधिकारी बैठक बोलाउनु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा जारी रहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको छ । साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक गत साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले गम्भीर प्रश्नहरू उठाएका छन् । प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने कार्यतालिका रहेको छ । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।