नवलपुरमा बजेट खर्चको अवस्था कमजोर, पुँजीगत खर्च ४५ प्रतिशत मात्र

दयाराम आचार्य
साउन २३, नवलपुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गत आर्थिक वर्षमा पुँजीगत तर्फ जम्मा ४५ प्रतिशत रकम खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा संघ र प्रदेश सरकारबाट विनियोजित रकम मध्य पुँजीगत तर्फ कुल ४५ दशमलब ७१ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख कोष नियन्त्रक मार्कण्य प्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार चालु खर्च भने ९१ दशमलब ९६ प्रतिशत रहेको छ ।

प्रमुख कोष नियन्त्रक बरालका अनुसार गत आर्थिक वर्षमा जिल्लामा जम्मा चालु तर्फ रु. ७ अर्ब २३ करोड ३२ लाख ८१ हजार ६५९ बजेट विनियोजन भएकोमा रु. ६ अर्ब ६५ करोड २२ लाख ७७ हजार २९९ खर्च भएको छ ।

पुँजीगत तर्फ रु. ६ अर्ब ४७ करोड ४३ लाख ३८ हजार ४१७ विनियोजन भएकोमा मात्र रु. २ अर्ब ९५ करोड ९७ लाख ४७ हजार ४४३ खर्च भएको छ ।
संघ र प्रदेश तर्फको गरि कुल विनियोजित बजेटको ७० दशमलब १२ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक बरालले बताउनुभयो ।

उहाँका अनुसार संघ सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ९३ दशमलब ९७ प्रतिशत र पुँजीगत तर्फ मात्र ३७ दशमलब ४३ प्रतिशत खर्च भएको छ ।
प्रदेशतर्फ विनियोजित चालु खर्चमा ७४ दशमलब १७ प्रतिशत र पुँजीगत तर्फ ६७ दशमलब ८४ प्रतिशत बजेट खर्च भएको छ ।

नवलपुरमा गत आर्थिक वर्षमा संघ सरकारबाट रु. ११ अर्ब २१ करोड २४ लाख ३७ हजार ९३० बजेट विनियोजन गरिएको थियो । गण्डकी प्रदेश सरकारबाट रु. २ अर्ब ४९ करोड ५१ लाख ८२ हजार १४६ विनियोजन गरिएको थियो ।

संघ सरकारबाट प्राप्त बजेट मध्य नारायणगढ– बुटवल सडक योजना पूर्वी खण्डको प्रगति कम हुँदा समग्र पुँजीगत खर्चको प्रतिशतमा कमी आएको कोष नियन्त्रक जित नारायण महतोले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरले संघ र प्रदेश सरकारबाट प्राप्त रकमको खर्च भन्दा धेरै आम्दानी गरेको छ । गत आर्थिक वर्षमा दुवै सरकारबाट प्राप्त रकमको खर्चको तुलनामा जिल्लाले राजश्व आम्दानी धेरै गरेको छ ।

गत वर्ष संघ र प्रदेश तर्फबाट प्राप्त बजेटको कुल रु. ९ अर्ब ६१ करोड २० लाख २४ हजार ७४२ खर्च हुँदा जिल्लामा रु. २६ अर्ब ३१ करोड १२ लाख राजश्व संकलन भएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट