आँखा पाक्ने रोगको संक्रमण बढेपछि गैँडाकोटमा बिहिवार र शुक्रबार विद्यालयहरु बन्द

साउन २३, गैँडाकोट

पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले बिहिवार र शुक्रबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको आज बसेको बैठकले बिहिवार र शुक्रबार २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका प्रमुख डा. बालकृष्ण चापागाइले बताउनुभयो ।

बुधबार विश्व आदिवासी दिवशको अवसरमा गैँडाकोट नगरपालिकाले स्थानीय विदा दिने निर्णय यसअघि नै गरिसकेको छ । शनिबार नियमित विदा हुँदै आएको छ । यो सँगै अबका ४ दिन विद्यालयमा पठनपाठन बन्द हुने भएको हो । विद्यार्थी, शिक्षक, कर्मचारलाई आराम पनि हुने र यसले आँखा पाक्ने रोगको सङ्क्रमण कम हुने विश्वास लिइएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट