नागरिकतामा छोराभन्दा आमा दुई वर्ष मात्र जेठी

बझाङ 

बजाङ थलारा गाउँपालिका–३ कुचकी जलादेवी दमाइँको उमेर नागरिकतामा छोराको भन्दा दुई वर्ष मात्र बढी रहेको पाइएको छ ।वृद्ध भत्ताको आश गर्दै आएकी उनले गाउँमा राष्ट्रिय परिचयपत्रको टोली आउँदा मात्र आफ्नो उमेर नागरिकतामा कम भएको थाहा पाएकी हुन् । जलादेवी दमाईंका दौंतरीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको धेरै भयो । विपन्न आर्थिक अवस्थाकी निरक्षर जलादेवीले पनि भत्ता कार्ड बनाई माग्न जान्ने बुझ्नेलाई गुहार्दा पनि उमेर नपुगेको भनेर फिर्ता आएपछि उनी समस्यामा पर्दे आएकी छन् ।राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकामबाट आएको टोलीले उनलाई छोराभन्दा दुई वर्ष मात्रै जेठी भन्ने बताएपछि उनी झसंग भइन् । नागरिकतामा गलत उमेर राखिएका कारण उनी सामाजिक भत्ता पाउनबाट वञ्चित भएकी रहिछन् । सरकारी परिचयपत्र टोलीले गलत उमेर राखेर राष्ट्रिय परिचयपत्र नबनाउनुस् भनेपछि तत्काललाई उनी त्यसबाट पनि वञ्चित भएकी छन् । कर्मचारीको गल्तीले जलादेवीको जन्ममिति गलत लेखियो नै, यो जन्ममितिलाई आधार मान्दा उनी जेठो छोराभन्दा २ वर्ष मात्र जेठी देखिइन् ।

२०६३ चैत २४ मा जारी भएको उनको नागरिकतामा जन्ममिति २०३८ माघ ३ लेखिएको छ । जबकि उनले आफू २२ वर्षकी हुँदा जेठो छोरो जन्माएकी हुन् । जेठो छोरा बिर्खु दमाईंको जन्ममितिमा २०४० जेठ ३ उल्लेख छ । बिर्खुको नागरिकता २०५९ चैत १९ मा जारी भएको हो ।(कान्तिपुर अनलाइनबाट)

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट