साउन २९, विराटनगर
लगातारको वर्षाको कारण सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको हो । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ ।
आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।
प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ । सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।