२९ साउन, काठमाडौं
जनमत पार्टी पनि अन्ततः सरकारमा सामेल भएको छ । जनमत पार्टीका सांसद अनिता देवी साहले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शितल निवासमा मन्त्री पदको शपथग्रहण गरेकी छन् ।
यसअघि सामान्य प्रशासन मन्त्री अमनलाल मोदी लाई माओवादी केन्द्रले फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराएको हो । मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।
यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो । त्यतिबेला जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।