Search
Close this search box.

अनुसन्धानका क्रममा मेरो नाम जोडिएर आए मलाई पनि हत्कडी लगाए हुन्छ : प्रचण्ड

२९ साउन, काठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताउनुभएको छ । बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि आफूहरुले सबैलाई दबाब नदिएको बताउनुभयो ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उहाँले नाम जोडिए आफैँलाई हत्कडी लगाएर थुने हुन्छ भन्नुभयो ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ”, उहाँले भन्नुभयो “खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।”

सीआईबीका अनुसार भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको थियो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताउनुभयो । भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको उहाँको भनाइ थियो । “भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन”, उहाँले भन्नुभयो, “सरकार विल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ ।”

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान