साउन ३१, सप्तरी
सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापाल सहित अन्य २ जना घुससहित पक्राउ परेका छन् ।
उनीहरुलाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुससहित पक्राउ परेको हो ।
लेखापाल यादव विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालत गरी दुवै कार्यालयका लेखापाल हुन् । इटहरीस्थित अख्तियारका प्रवक्ता निरज देवले लेखापाल र कम्प्युटर अपरेटर पक्राउ परेको जनाए । उनका अनुसार उपभोक्ता समितिबाट २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा दुवैजना समातिएका हुन् ।
घटनास्थलको मुचुल्का गरी पक्राउ परेकाहरुमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रवक्ता देवले जानकारी दिए ।