Search
Close this search box.

टिकौली जंगलमा भएको बस दुर्घटना (अपडेट)

साउन ३१, चितवन

आज करिब ११ः४५ बजे  टिकौली जंगलमा भएको बस दुर्घटनामा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केहि मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भिर रहेको छ ।

भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट लास बोकी देवघाटतर्फ जादै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिई बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्रबका मोटरसाइकलहरु, बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरहरुलाई एकैचोटी ठक्कर दिएको चितवन प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार प्रहरीले कलेज बस चालक नवलपुर गैडाकोट नगरपालिका–९ बस्ने बर्ष २६ को आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान