Search
Close this search box.

देश जता हेरे पनि भताभुङ्ग र अस्त ब्यस्त छ : कांग्रेस नेता डा. शेखर कोइराला

भाद्र २, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश जता हेरे पनि भताभुङ्ग र अस्त ब्यस्त भएको बताउनु भएको छ । देशको अवस्था हेर्दा आफुलाई अहिले नै आँसु आउने र दिक्क लाग्ने बताउनुभयो ।

नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलका क्रममा शनिबार कोइरालाले सो कुरा बताउनु भएको हो ।

‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हे¥यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन’ कोइरालाले भने। कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताए । ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुंगोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ?’ कोइरालाले गुनासो पोखे ।

छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताए ।

कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गरे । कार्यक्रममा सहभागीहरुले महंगी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान