लगातार सातौं खेलमा मेसीको गोल, इन्टर मियामी च्याम्पियन

भदौ ३, काठमाडौं

नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ ।

टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोकेपछि मियामीले पहिलो उपाधि जितेको हो ।

टाइ ब्रेकर सुरुका ५ प्रहारमा दुवै टोलीले ४–४ गोल गरेका थिए । नासभिलले मियामीको ५ औं प्रहार रोकेपछि खेल सडन डेथमा पुगेको थियो । त्यसपछि लगातार ५ प्रहारमा दुवै टोलीले गोल गरेपछि गोल किपरले पेनाल्टी हान्नुपर्ने अवस्था बनेको थियो ।

टेन्नेसेस्थित गोएडिस पार्कमा भएको फाइनलमा इन्टर मियामीले नासभिललाई सुटबउटमा १०–९ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल एकरएकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।

कप्तान मेसीले २३औं मिनेटमा सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए । तर ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११–११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे । नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् ।

नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए । प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।

यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा उनले गोल गरे । लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बने ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट