विराटनगरको ग्रीनक्रस अस्पतालबाटै शिशु गायब, डाक्टरसहित दुई जना पक्राउ

Symbolic File Photo

विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ ।नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।

डाक्टर कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेन्ट पनि हुन् । सरकारी सेवाबाट अवकास पाइसकेका उनी दीपेश मेडिकल क्लिनिक सञ्चालन गर्छन् र ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् ।

अर्का व्यक्ति राईले नै ती युवतीलाई अस्पतालमा लगेको, अस्पतालबाट डिस्चार्ज भएपछि बच्चा अस्पतालमै रहेको भन्दै आमालाई मात्र होटलमा लगेर राखेको र बच्चा लिएर आउँछु भनेर होटलबाट निस्किएर बेपत्ता भएको आरोपमा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।

तिनै युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको र व्यक्ति बेपत्ता पारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट