Search
Close this search box.

धनगढीबाट काठमान्डौ आउदैगरेको नाइटबस दाउन्नेमा दुर्घटना २९ जना घाइते

गैँडाकोट । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी स्थित घ्यु खोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाण्डौंका लागि छुटेको सु.प.प्र. ०१ –००१ख २९८६ नम्बरको बस बे्रक फेल भएर सडक छेउमा पल्टिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्ने स्थित घ्यु खोलामा आज बिहान तीन बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरा मुक्त रहेको उहाँको भनाई छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान