बारा बस दुर्घटना अपडेट : १ नेपालीसहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

७ भदौ, बारा

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् । मृत्यु हुनेमा महोत्तरीको लोहारपटीका विजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, सत्यवती, राजेन्द्र चतुरवेदी, श्रीकान्त चतुरवेदी, बैजन्ती देवी, मिरा देवी र विजयलाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।

घाइतेहरूको विवरण र अवस्था :

चुरेहिल अस्पताल हेटौडा
१. ४८ वर्षीय भारतीय नागरिक घनश्याम चतुरबेदीको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, अवस्था मध्यम

सरकारी अस्पताल हेटौंडा
२. धनुषाको मौवा गाउँपालिका– १८ का ४१ वर्षीय घुरन मण्डलको बाया घुडा,कम्मरमा चोट (डिश्चार्ज)
३. महोत्तरी लोहारपट्टी नगरपालिका– ५ का २६ वर्षीय जसबेन्दर पासवानको ढाड/दाहिने हातमा चोट – डिश्चार्ज
४. ५३ वर्षीय भारतीय नागरिक माया देबीको दाहिने कुममा चोट – मध्यम अवस्था
५. ३५ वर्षीय भारतीय नागरिक अनिल कुमारको टाउकोमा चोट– मध्यम अवस्था
६. ५० वर्षीय भारतीय नागरिक तारावती चतुरबेदीको निधार/कम्मरमा चोट– मध्यम अवस्था
७. ९ वर्षीया भारतीले बालिका क्रितिका चतुरबेदीको अवस्था सामान्य
८. ४८ वर्षीय भारतीय नागरिक श्यामलाल मालीको बाया खुट्टा/छातिमा चोट–मध्यम
९. ४७ वर्षीय भारतीय नागरिकको हरवारी मालीको टाउकोमा/ढाडमा चोट–मध्यम
१०. ७० वर्षीया भारतीय नागरिक चौथी देबीको दाहिने खुट्टा/छातिमा चोट –मध्यम
११. ७२ वर्षीय भारतीय नागरिक सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा/बाया कुममा चोट–मध्यम
१२. ६३ वर्षीय भारतीय नागरिक धरम सिंहको निधार/छाति/बाया खुट्टा फ्याक्चर–मध्यम
१३. ६० वर्षीया भारतीय नागरिक इन्दु धाकद निधार/छातिमा चोट–मध्यम
१४. १६ वर्षीया भारतीय बालिका गर्बिदा चतुरबेदीको ढाड/छातिमा चोट–मध्यम
१५. ५४ वर्षीय भारतीय नागरिक रामकुमार चतुरबेदीको बाया घुडा/छातिमा चोट–मध्यम

सन्चो अस्पताल हेटौडा
१६. महोत्तरीको जलेश्वरका ३८ वर्षीय बिहारी मुखीयाको मुखमा चोट बाया खुट्टा भाचिएको–मध्यम

पुरानो मेडिकल कलेज भरतपुर
१७. ७३ वर्षीय भारतीय नागरिक रामप्रसाद पिको छाति/पेटमा चोट– अवस्था गम्भीर

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट