नेपालीले एक महिनामा २ करोड १४ लाखभन्दा बढीको चुइगम पड्काउछन्

नेपालमा एक महिनाको अवधिमा २ करोड १४ लाखभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै २ करोड १४ लाख १८ हजार रुपैयाँको चुइगम भित्रिएको हो।गत आर्थिक वर्ष २०७९/८० मा ५१ करोड १७ लाख ६७ हजार रुपैयाँको चुइगम भित्रिएको थियो । जसबापत नेपालबाट एक वर्षमा चुइगम खरिद बापत ५१ करोड बढी रुपैयाँ बाहिर गएको थियो ।नेपालमा सबैभन्दा बढी भारतबाट २ करोड ७ लाख ८८ हजार रुपैयाँ बराबरको चुइगम आयत भएको छ । त्यस्तै, युकेबाट ४८ हजार, अमेरिकाबाट एक हजार र अन्य विभिन्न देशहरूबाट ७ लाख २५ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।गत आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै नेपालको वैदेशिक व्यापार घाटा भएको थियो । न त छाक टर्ने, न त पेट भरिने । अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा नेपालबाट विदेश जाने गरेको छ । चुइगम जस्ता वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ ।

अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ ।मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता वस्तुको आयातमा करोडौँ रकम बाहिरिइरहेको तथ्याङ्क समय समयमा सार्वजनिक हुने गरेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट