Search
Close this search box.

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर

Koshi Pradesh File Photo

सर्बोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ ।

नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको हो । सर्वोच्चले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न पनि आदेश दिएको छ ।

सभाअध्यक्षसमेतले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने र यो कदम संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिन आएको आदेशमा उल्लेख छ । सभाअध्यक्ष इस्माइल मन्सुरीले समेत मत दिएपछि कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाले विश्वासको मत पाउनुभएको थियो । प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामाबाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नभएको पनि सर्वोच्चले उल्लेख गरेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान