भरतपुर अस्पतालमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

फोटो : विनोदबाबु रिजाल

भदौ १०, चितवन

आजदेखि भरतपुर अस्पतालले निःशुल्क पार्किङको व्यवस्था गरेको छ । अस्पताल प्रशासनले गत साउन ८ गते सूचना जारी गरी भदौदेखि निःशुल्क पार्किङको व्यवस्था लागु हुने बताएको थियो यद्यपि ठेक्कातिरका पाटा मिलाउँदा भदौ १ गतेदेखि नै पार्किङलाई निःशुल्क गर्ने भनिएकामा केहि दिन ढिला भएको भरतपुर अस्पतालले बताएको छ ।

अस्पतालले यसअघि पार्किङ शुल्क उठाउन निजी क्षेत्रलाई ठेक्का दिएको थियो । यसअघि साइकलको पाँच, मोटरसाइकलको १० र कार÷जीपको २० रुपैयाँ पार्किङ शुल्क लिने गरिएको थियो । गरिब एवम् विपन्न वर्गले उपचार गराउने अस्पतालमा पार्किङ शुल्क लिने गरिएकामा आलोचना हुँदै आएको थियो ।

यस अस्पतालमा चितवन लगायत १२ जिल्लाका विरामी उपचार गराउन आउने गर्छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट