दार्चुलामा आत्मदाहको प्रयास गरेकी एक महिलाको मृत्यु

११ भदौ, धनगढी

दार्चुलामा आत्मदाहको प्रयास गरेकी एक महिलाको मृत्यु भएको छ । शरीरमा मट्टीतेल छर्केर आगो लगाएर उनले गत आईतबार आत्मदाहको प्रयास गरेकी थिईन् ।

आत्मदाहको प्रयास गरि मृत्यु हुने महिला शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँद भएको प्रहरीले जनाएको छ । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताईएको छ । बैतडीको पाटन पुग्ने बेला साउँदको मृत्यु भएको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी साउँदको ८० प्रतिशत शरीर जलिसकेको थियो । प्रहरीका अनुसार घरमा श्रीमान् श्रीमती बस्ने गरेकोमा श्रीमान् बजारतिर गएका बेला उनले आगो लगाएकी थिइन् । उनको आत्मदाह गर्नुको कारण भने अझैसम्म खुलेको छैन ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट