एमाले नगर अध्यक्षको रुपमा नगरपालिकाबाट कुनै सुबिधा लिएको छैन : रामकृष्ण ढुङ्गाना (प्रेस विज्ञप्ती सहित)

 १७ भदौ, कावासोती

नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढुङ्गानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको बताउनु भएको छ । आज (आइतवार) प्रेस बिज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई दुष्प्रचार गरेको भन्दै खण्डन गर्नुभएको छ ।

म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन । म आवद्ध नेकपा (एमाले) पार्टीलाई समेत जोडेर भएका कतिपय नियोजित दुस्प्रचारहरुको म खण्डन गर्दछु । नेकपा (एमाले) नगर कमिटिको अध्यक्षको हैसियतले मैले कावासोती नगरपालिकाबाट कुनैपनि सेवा सुबिधा नलिएको आम जनसमुदायमा स्पष्ट पार्न चाहान्छु बिज्ञप्तिमा भनिएको छ । बिगत केही दिन देखि कावासोती नगरपालिकाको राजनीतिक सल्लाहकारको नियुक्ति र सेवा सुबिधाको बिषयमा प्रश्न उठेपनि उहाँले बिज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको हो ।

कावासोती नगरपालिकाले ढुङ्गानालाई २०८० जेठ २२ गते राजनीति सल्लाहकार नियुक्त गरेको थियो । मेरा नियुक्ति र पारिश्रमिकको बिषयमा सम्बन्धित निकायले प्रष्ट पार्ला नै । म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन उहाँले जारी गरेको बिज्ञप्तिमा उल्लेख रहेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट