गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर निर्देशन दिनुपर्छ : कृषि सभापति राणा

भाद्र १७, काठमाडौं 

गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बताएकी छिन् ।

उनले यस आर्थिक वर्षका लागि औषधी लगायतको प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएको बताउँदै यसबारे आगामी दिनमा समितिमा छलफल गर्ने बताइन् । आइतबार सिंहदरबारमा भएको समितिको आगामी कार्ययोजनाका बारेमा भएको छलफलका क्रममा सो कुरा बताएकी हुन् ।

गाँजा खेती गर्नका लागि अर्थ मन्त्रालयले बजेट छुट्याउने तर गृह मन्त्रालयका ब्यक्तिले गाँजा खेती खुला गर्नुहुँदैन भन्ने गरेको बताउँदै आफूले भूमिसम्बन्धी बिज्ञसँग छलफल गर्दा नेपालमा १ लाख हेक्टर कृषियोग्य जमिन खाली रहेको थाहा पाएको बताउँदै सो जमिनको सदुपयोग गरेर किसानको जिवनस्तर सुधार गर्न सकिने बताइन् ।

नेपालको पश्चिम र सुदूरपश्चिम पहाडका कृषिमा आवद्ध जनताहरू गरिब रहेको बताउँदै उनीहरुको बारेमा सोच्नुपर्ने बताइन् । उनले नेपालको कार्वन व्यापारबारे आफूलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने उल्लेख गरिन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ