एसिया कप समूह ए को अन्तिम खेलमा आज भारतसँग नेपालले खेल खल्दै

भाद्र १८, काठमाडौं

नेपालले आज भारतसँग खेल खेल्दै छ । एसिया कप समूह ए को अन्तिम खेलमा आज भारतसँग नेपालले खेल खेल्न लागेको हो । खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।

समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ । शनिवार भारत र पाकिस्तानको खेल वर्षाका कारण दोश्रो इनिङ्गस् नै नखेली रद्द भएको थियो । शनिवारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

यस्तै भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले नेपालसककंगको खेल गुमाउने भएका छन् । उनी आफ्नो व्यक्तिगत कारण भारत फर्किएको बताइएको छ । उनको स्थानमा मोहम्मद सामीले मौका पाउने सम्भावना छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट